spot_img
spot_img
spot_img

गणतन्त्र दिवसको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गर्दै झुल वितरण

spot_img

कल्पना खरेल, नवलपरासी ।

स्वाठी जेष्ठ नागरिक संचालन उपभोक्ता समिति सुनवल ९ स्वाठी, पश्चिम नवलपरासीको आयोजना तथा सुनवल नगरपालिकाको आर्थिक सहयोगमा हिज मंगलवार जेष्ठ नागरिकलाई झुल वितरण गरिएको छ। गणतन्त्र दिवसको सन्दर्भ पारेर राधा कृष्ण मन्दिर सेवा समितिका अध्यक्ष चुडामणी सापकोटाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका अध्यक्ष भगवती यादवको प्रमुख आतित्थ्यता तथा सुनवल नगरप्रमुख विमला अर्यालको विशिष्ट आतिथ्यतामा उक्त झुल वितरण गरिएको हो । आर्थिक वर्ष २०७९ र८० को वार्षिक कार्यक्रम अनुसार नगरपालिकाको रू १ लाखको बजेट अन्तर्गत २१५ जना जेष्ठ नागरिकहरुलाई झुल वितरण गरिएको थियो। ९० वर्ष उमेर पूरा पुगेका ३ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथि भगवती यादबले कार्यक्रमको झुल वितरण गर्दै प्रमुख अतिथि यादवले बृद्व बुवाआमा प्रति सुनवल नगरपालिकाले गरेको नविनतम कामले समाजमा सहि र सकारात्मक प्रभाव पारेको जिकिर गर्नुभयो । साथै उहाँले जेष्ठ नागरिक प्रतिको यो उच्च सम्मान अरू क्षेत्रका जनप्रतिनिधिले पनि सिक्नुपर्ने आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नगरप्रमुख विमला अर्यालले बृद्व बुवा आमाको लागि सुनवल नगरपालिकाले १३ वटै वडामा जेष्ठ नागरिक दिवा सेवा संचालन गर्दै आएको बताउनुभएको छ । जहाँ जेष्ठ नागरिकहरूले दिउँसभरी नाचँगान, भजनकृतन गरि एक आपसमा दुख सुख साट्ने र बाढ्ने चौतारी बनेको भन्दै समृद्ध सुनवल र खुसि नगरबासीको परिकल्पना सार्थक गर्ने नगरपालिका लागि परेको दावी गर्नुभयो । दिवा सेवा संचालन समितिका संयाजक फर्शुराम पोख्रेलको स्वागत र राधाकृष्ण मन्दिर सेवा समितिको सचिव टंकप्रसाद कुवरको संचालन रहेको कार्यक्रममा विशेष अतिथि प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडा नम्बर ९ का वडा अध्यक्ष वीरवल चौधरी, राधा कृष्ण सेवा समितिका पूर्व सचिव रामचन्द्र भण्डारी लगायतले बोल्नुभएको थियो । गणतन्त्र दिवसको अवसरमा जेष्ठ नागरिक सम्मान गर्ने कार्यक्रम अन्तर्गत गर्मी समयमा डेङ्गु जस्ता लामखुट्टेबाट लाग्ने रोग नियन्त्रणकालागि झुल वितरण गरिएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img