काठमाडौं ।
मलेसियासँगको टी–२० शृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालले ७ विकेटको जित हात पारेको छ । पाँच टी–२० खेलको शृंखलाअन्तर्गत आज (मंगलबार) भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्दै बिजयी हुन सफल भएको छ । सोमबार भएको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो। तर, आज (मंगलबार) नेपालले मलेसियाले दिएको ९८ रनको लक्ष्य १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९७ रनको योगफल बनाएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??