spot_img
spot_img
spot_img

उत्तर कोरियाले अमेरिकी सेनाको निगरानी गर्न पठाएको भू–उपग्रह समुद्रमा खस्यो

spot_img

एजेन्सी ।

उत्तर कोरियाले अन्तरिक्षमा प्रक्षेपण गर्न तयार पारेको एउटा भू–उपग्रहमा खराबी देखिएपछि समुद्रमा खसेको छ । सैनिक निगरानीसँग सम्बन्धित भू–उपग्रह समुद्रमा खसेको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । भू–उपग्रह प्रक्षेपणपछि जापान र दक्षिण कोरियाले छोटो समयका लागि आफ्ना नागरिकलाई सुरक्षित ठाउँमा आश्रय लिन भनेका थिए । दक्षिण कोरियाको सेनाले रकेट उडिरहेको समयमा नै टुक्रा टुक्रा भएको वा रेडारबाट पर गइसकेपछि क्षतिग्रस्त भएको हुनसक्ने बताएको छ ।

यसअघि उत्तर कोरियाले अमेरिकी सैन्य गतिविधिलाई निगरानी गर्न जुन–११ तारिख भित्र भू–उपग्रह प्रक्षेपण गर्ने योजना रहेको बताएको थियो । अब उसले सम्भव भएसम्म छिट्टै दोस्रो भू–उपग्रह प्रक्षेपण गर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ । उत्तर कोरियाली नेता किम जङ उनले सैनिक भू–उपग्रहको विकासलाई देशको प्रतिरक्षामा महत्त्वपूर्ण योगदान दिनसक्ने पूर्वाधारका रुपमा लिनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img