काठमाण्डौ ।
आज पनि सेयर बजार कारोबार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज (बुधबार) ३८ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ४९ दशमलव ८३ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा होटल तथा पर्यटन, उत्पादन, फाइनान्स, जलविद्युत् र लगानी समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै प्रभु बैंकको ३४ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भयो । युनिलिभर नेपालको शेयर १० प्रतिशतले घटेको छ भने समग्रमा बजार राताम्मे भए पनि आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??