काठमाण्डौ ।
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिस्ट नेता सहभागी नाकार्यक्रममा हुलदङ्गा र नाराबाजी गर्ने नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नागरिकता विधेयक र देशको सीमा रेखा सम्बन्धी हिजो मङ्गलवार अनामनगरमा रहेको सामाजिक विकास समाजको हलमा नेता खनाल, नेकपा क्रान्तिकारी (माओवादी)का सीपी गजुरेल र पूर्वगभर्नर डा। दीपेन्द्र क्षेत्री सहभागी कार्यक्रममा हुलदङ्गा र नाराबाजी गर्ने ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभएको छ ।
उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ । कार्यक्रममा सन्तोष राजावादीले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गर्नुका साथै अन्यले सामूहिकरूपमा नाराबाजी गरेका थिए । पूर्वप्रधानमन्त्री खनालविरुद्ध यो समूहले आक्रोशित हुँदै नाराबाजी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।