spot_img
spot_img
spot_img

समर्थकलाई जीवनसाथी बनाउँदै टेनिस स्टार मुगुरुजा

spot_img

एजेन्सी।

विश्व टेनिसकी चर्चित हस्ती हुन्, गार्विन मुगुरुजा । उनले दुई पटक ग्रान्डस्लाम प्रतियोगिताको उपाधि पनि चुमिसकेकी छन् । २९ वर्षीय मुगुरुजा सन् २०१६ मा फ्रेन्च ओपन र सन् २०१७ मा विम्बल्डनको उपाधि जितेकी थिइन्। पछिल्लो प्रसंग उनको विवाहसँग जोडिएको छ । उनी छिट्टै वैवाहिक बन्धनमा बाँधिदैछिन् । मुगुरुजाको विवाहसँग जोडिएको रमाइलो पक्ष क हो भने, उनले आफ्ना एक समर्थकलाई जीवनसाथी बनोउन निर्णय लिएकी छन्।

दुई वर्षअघि न्यू योर्क सिटीमा आयोजित एक प्रतियोगिताका क्रममा आर्थर बोर्गेस मुगुरुजाको खेल हेर्न टेनिस कोर्टमा पुगेका थिए । उनी एकतर्फी रुपमा मुगुरुजालाई मन पराउँदा रहेछन् । त्यसैले खेल सकिएपछि उनले मुगुरुजालाई भेटेर ‘सेल्टी’ का लागि आग्रह गरे । मुगुरुजाले पनि आर्थरको अनुरोधलाई अस्वीकार गर्न सकिनन् । मुगुरुजाले आफ्ना समर्थक आर्थरसँग ‘सेल्फी’ खिचिन् । त्यसपछि पनि मुगुरुजाको खेल हेर्न आर्थर टेनिस कोर्ट धाइरहन्थे । योक्रम लामो समयसम्म चल्यो । यी दुबैको भेट पनि बाक्लिँदै गयो । अहिले आएर यी दुईले वैवाहिक बन्धनमा बाँधिने निर्णय गरेका छन् । उनीहरुले औंठी पनि साटासाट गरिसकेका छन् ।

मुगुरुजाले सामाजिक सञ्जालमार्फत आफ्ना विवाहको जानकारी पनि सार्वजनिक गरेकी छन् । मुगुरुजाले हालै एक स्पेनिस पत्रिकासँगको कुराकानीमा आफूले सन् २०२१ मा न्यू योर्कमा आर्थरसँग भेटेको बताएकी छन् । त्यतिबेला मुगुरुजा ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपन खेल्न न्यू योर्क पुगेकी थिइन् । उक्त प्रतियोगितामा उनी चौथो चरणसम्म पुगेकी थिइन् । भेनेजुएलामा जन्मिएकी स्पेनिस खेलाडी मुगुरुजा विश्व महिला टेनिसकी पूर्वनम्बर एक खेलाडी पनि हुन् । पछिल्लो समय भने उनको प्रदर्शन केही खस्किएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img