काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले भारतका राष्ट्रपति दौपदी मुर्मूसंग शिष्टाचार भेट गर्नुभएको छ। चारदिने भारत भ्रमण रहेको प्रचण्ड र मुर्मूबीच राष्ट्रपति भवनमा शिष्टाचार भेट भएको हो। उहाँले यसअघि भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेट गर्नुभएको थियो । भ्रमणको तेस्रो दिन अर्थात् भोलि प्रचण्ड इन्दोर प्रस्थान गर्दै हुनुहुन्छ भने शनिबार अपराह्न स्वदेश फिर्ता हुने कार्यसूची रहेको जनाईएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??