काठमाण्डौ ।
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । गएको बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध हिजो बिहीबार सर्वोच्चमा पेस भएको रिट आज शुक्रवार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभएको छ। रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइ आइतबारका लागि तोकिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र डा. सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट निवेदन दर्ता गराउनुभएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??