कञ्चन ।
कञ्चन जेसिज बर्ष २०२३ ले कञ्चन मलावरदेवी माध्यमिक बिद्यालय र सरस्वती माध्यमिक बिद्यालयमा बृक्षारोपण गरेको छ। विश्व वातावरण्ण दिवसको अवसरमा आयोजित बृक्षारोपण कार्यक्रममा सो बृक्षारोपण गरिएको कञ्चन जेसिज बर्ष २०२३ का अध्यक्ष बुद्धी प्रसाद रेग्मीले जानकारी दिनु भएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा कञ्चन जेसिज बर्ष २०२२ का अध्यक्ष राधिका चौधरीले वातावरण स्वस्थ र स्वच्छ बनाउन बृक्षारोपाण अनिवार्य रहेको बताउनुभयो।
कुनै बिशेष दिन र अवसर मात्र नभई कुनै पनि समयमा सार्वजनिक स्थानहरुमा बृक्षारोपण गर्नु पर्ने र बृक्षारोपणको महत्वबारे हरेक व्यक्तिमा सञ्चार गर्नु पर्नेमा प्रमुख अतिथि चौधरीले बताउनुभयो। यसैगरी विश्व वातावरण दिवसको सन्दर्भमा कञ्चनका बिभिन्न स्थानमा फोहोर संकलन गर्ने १५ वटा डस्टविन समेत राखिएको अध्यक्ष रेग्मीले बताउनु भएको छ। कार्यक्रममा सुरक्षाकर्मी, बिभिन्न संघसंस्थाका प्रतिनीधि, जेसिज पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो।