२२ जेठ, खोटाङ ।
यौन दुर्व्यवहारको आरोपका पक्राउ परेका खोटाङका कृषिविज्ञ मदन राई धरौटीमा रिहा भएका छन। छात्रालाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा गएको वैशाख २९ गते पक्राउ परेका थिए । जिल्ला अदालत खोटाङका स्रेस्तेदार रामाकान्त यादवका अनुसार कृषिविज्ञ राई आज (सोमबार) पुर्पक्षका लागि चार लाख रुपैयाँ धरौटीमा छुटेका हुन । राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा रहेको शुभद्रा मदन (शुभम) फाउन्डेशनका संस्थापक(सञ्चालक हुन् । फाउन्डेशनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया छात्राले राईले आफूलाई यौन दुर्व्यवहार गरेको उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा राई पक्राउ परेका थिए ।