spot_img
spot_img
spot_img

६ महिना अन्तरिक्षमा बसेका चिनियाँ यात्री पृथ्वीमा सकुशल अवतरण

spot_img

एजेन्सी ।

तीन जना चिनियाँ अन्तरिक्ष यात्री ६ महिना अन्तरिक्षमा बसेर सकुशल पृथ्वीमा फर्केका छन् । चीनले सन् २०१६ पछि पहिलो पटक पठाएको मानवसहितको सन्चौ १५ यान आइतबार विहान ६ बजेर ३३ मिनेटमा इनर मंगोलियामा अवतरण गरेको चिनियाँ अन्तरिक्ष संस्थाले जनाएको छ । सो यानमा तीन जना यात्रीहरु फेइ चुनलोङ, तङ छिङमिङ र चाङ लु रहेका थिए । उनीहरुले ६ महिनासम्म अन्तरिक्षमा रहँदा चिनियाँ अन्तरिक्ष स्टेशन निर्माणको काम गरेका थिए । उनीहरुको स्वास्थ्य ठीक रहेको र यान पनि ठीकठाक रहेको चिनियाँ एजेन्सीले जनाएको छ । उनीहरुलाई प्रतिस्थापन गर्न अर्को टोली गत मे ३० मा अन्तरिक्षतर्फ गईसकेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img