spot_img
spot_img
spot_img

पाकिस्तान र अफगानिस्तानमा खाद्य संकटको चेतावनी

spot_img

एजेन्सी ।

संयुक्त राष्ट्रसंघले दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको संकट बढ्ने जनाएको छ । राष्ट्रसंघले आर्थिक एंव राजनीतिक संकट गहिरिँदै जाँदा दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको संकट बढ्ने जनाएको हो । संयुक्त राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि सङ्गठन ९एफएओ० र विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले अफगानिस्तान र पाकिस्तानमा विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिम बढेको जनाएको छ। दुई देशमा खाद्य असुरक्षा बढिरहेको र आउँदो दिनमा यो अझ चर्किने सम्भावना रहेको चेतावनी दिइएको छ ।

खाद्य सुरक्षासम्बन्धी एफएओ र डब्ल्यूएफपीले संयुक्त रूपमा प्रकाशित गरेका पछिल्लो प्रतिवेदनमा पाकिस्तान र अफगानिस्तानमा खाद्यान्नको सञ्चिति घट्दै गएको, दुई दशक लामो द्वन्द्वले अस्तव्यस्त भएको राजनीतिक प्रणाली, तालिबान सत्तामा आएपछिको अवस्था, विषम भूगोल एंव जलवायु परिवर्तन लगायतका कारण खाद्य संकट बढ्ने भनिएको छ । प्रतिवेदनमा मध्य अफ्रिकी गणतन्त्र, इथियोपिया,केन्या,प्रजातान्त्रिक गणतन्त्र कंगो तथा सिरिया र म्यानमारलाई पनि खाद्य अभावको उच्च जोखिम रहेका देशका रुपमा चित्रण गरिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img