रुपन्देही ।
स्थानीय तह दलित जनप्रतिनिधि महासंघ गठन भएको छ। देशभरका दलित जनप्रतिनिधिहरूको प्रथम राष्ट्रिय भेलाले तत्कालका लागि महासंघमा रहने २१ सदस्यीय समितको गठन गरेको हो। काठमाडौंको राष्ट्रिय सभागृहमा भएको अधिवेशनबाट अध्यक्ष दिपक विश्वकर्मा (धादिङ), उपाध्यक्ष डम्बर विश्वकर्मा (बाके), कल्पना नेपाली (गोरखा), महासचिव झग बहादुर विश्वकर्मा (प्युठान), उप(महासचिव मैना विश्वकर्मा (सुर्खेत), सचिव खुम बहादुर विश्वकर्मा (तनहुँ) र कोषाध्यक्ष कल्पना हरिजन रूपन्देही निर्वाचित भएका हुन । भेलाले १५ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ। घोषणापत्रमा जेठ २१ लाई दलित अधिकार दिवस मनाउनुपर्ने मागदेखि एक पालिका एक दलितलाई छात्रवृत्तिमा एमबिबिएस डाक्टर पढाउने लगायतका विषय समेटिएको छ।