spot_img
spot_img
spot_img

गएको शुक्रवार सुनकोशी नदीमा खसेको जीप संगै २ जनाको शव भेटियो

spot_img

काठमाण्डौ ।

गएको शुक्रवार सुनकोशी नदीमा खसेको जीप आज फेला परेको छ । पाँच दिनसम्मको खोजीपछि आज जीप र त्यसभित्र रहेका दुई जनाको शव भेटिएको छ । शवको पहिचान भएको भने भईनसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । गत शुक्रबार भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको जीप गएको शुक्रवार सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खस्दा प्रशासन शाखाका निर्देशक तनहुँका कृष्ण केसी, पूर्वी नवलपरासी घर भएका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल र इलामका विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएका हुन। आज सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले जीप भेट्टाएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img