भैरहवा।
रुपन्देहीबाट प्रहरीले ठूलो परिणाममा अवैध सामान बरामद गरेको छ । भन्सार छली ल्याउदै गरेको अवस्थामा रुपन्देहीको बिभिन्न स्थानबाट ३३ थान मोवाइल, ३४० बोरा युरिया मल र ६४ बोरा चामल प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी अर्यालले दिनु भएको जानकारी अनुसार जेठ २३ गते मंगलवार राती करिब १२ बजेको समयमा बुटवल उप(महानगरपालिका वडा नं ७ राजमार्ग चौराहा स्थितमा भारतबाट नेपाल तर्फ भन्सार छली अबैध रुपमा ल्याउदै गरेको अवस्थामा करिब ८ लाख ३० हजार मुल्य बराबरको बिभिन्न ब्राण्डका मोवाइलहरु बेवारिसे अवस्थामा फेलापारी बरामद गरेका्े हो।
प्रहरीका अनुसार I phone कम्पनिको मोवाईल थान-३, Redmi कम्पनिको मोवाईल थान-१५, Samsung कम्पनिको मोवाईल थान-८, Oppo कम्पनिको मोवाईल थान-४, Techno कम्पनिको मोवाईल थान-१, Infinix कम्पनिको मोवाईल थान-१, Poco कम्पनिको मोवाईल थान-१, Nokia/Lenavo कम्पनिको मोवाईल थान-२, Moto/Vivo कम्पनिको मोवाईल थान-२ स्थानिय मानिसहरुको रोहवरमा वरामद गरी आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय वेलहिया बुझाइएको जिल्ल प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी अर्यालले जानकारी दिनुभएको छ।
यसैगरी बुधवार बिहान ७ः३० बजेको समयमा लुम्बिनी साँस्कृतिक न.पा. ३ खुनगाईमा भारतबाट नेपाल तर्फ भन्सार छली अबैध रुपमा ल्याई लुकाई छिपाई सडक किनारामा राखेको अवस्थामा ५० किलो भएको ३४० बोरा युरिया मल र ५० किलो तौल भएको ६४ बोरा चामल प्रहरीले बररामद गरेको छ। करिब ४ लाख ३२ हजार रुपैया मुल्य पर्ने ती अबैध युरिया मल र चामल गरी स्थानिय मानिसहरुको रोहवरमा वरामद गरी आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय वेलहिया बुझाइएको जिल्ल प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी अर्यालले जानकारी दिनुभएको छ।