काठमाण्डौ ।
नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा १ स्थान तल खसेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज (शुक्रबार) सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल खस्किएको हो। नयाँ वरीयतामा नेपाल १ सय १ औँ स्थानमा छ भने यसअघि नेपाल १ सयौँ स्थानमा थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल १९ औँ स्थानमा र दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल दोस्रो स्थानमा रहेको छ । अमेरिका शीर्ष स्थानमा यथावत् छ भने जर्मनी दोस्रो तथा स्विडेन तेस्रो स्थानमा रहेको आज सार्वजनिक गरिएको वरीयतामा उल्लेख गरिएको छ । इङ्ल्यान्ड चौथो, फ्रान्स पाँचौँ, स्पेन छैटौँ र क्यानडा सातौँ स्थानमा छन् । यस्तै ब्राजिल आठौँ, नेदरल्यान्ड्स नवौँ र अस्ट्रेलिया दशौँ स्थानमा छन् ।