दाङ ।
दाङमा एकै परिवारका चारसहित १२ जनामा दादुरा सङ्क्रमण देखिएको छ । बंगलाचुली गाउँपालिकाको हाँसीपुरमा रहेका एक परिवारका चार जनामध्ये एक जनालाई आँखाको समस्या र अन्यलाई पखालाको समस्या देखा परेपछि डाक्टरसहितको टोली गएर नमुना सङ्कलन गर्दा १२ जना दादुराका बिरामी भेटिएका स्वास्थ्य कार्यालय दाङले जनाएको छ । केही बिरामीको रिपोर्ट आउन बाँकी रहेकाले दादुराका बिरामीको सङ्ख्या बढ्न सक्ने डाक्टरले बताएका छन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??