spot_img
spot_img
spot_img

१६ हजारभन्दा धेरै ‘सर्जरी’ गर्ने डाक्टर गौरव गान्धीको ४१ वर्षको उमेरमा निधन

spot_img

एजेन्सी ।

भारतको गुजरातका चर्चित मुटुरोग विशेषज्ञ सर्जन डाक्टर गौरव गान्धीको निधन भएको छ । गान्धीको हृदयघातका कारण मङ्गलवार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ४१ वर्षीय गान्धी पेलेस रोडमा रहेको आफ्नो घरमा सुतेको अवस्थामा मङ्गलवार बिहान नउठेपछि परिवारले उहाँलाई अस्पताल लगेका थिए ।

डाक्टरले उहाँलाई मृत घोषित गर्दै हृदयघातका कारण ज्यान गएको बताएका भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ। डा. गान्धीले आफ्नो मेडिकल करियरमा १६ हजारभन्दा धेरै व्यक्तिको मुटुको सर्जरी गर्नुभएको थियो। डाक्टर गान्धी फेसबुकमा ुहाल्ट हार्ट अट्याक क्याम्पेनु मा पनि जोडिनुभएको थियो । यो देशभर हृदयघातको कारण भइरहेको मृत्युको विरुद्ध एक अभियान थियो । उहाँले हृदयघातबाट बच्न विभिन्न तरिकाबारे बताउँदै आउनुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img