प्युठान । स्वर्गद्वारीमा पटक पटक भईरहने दुर्घटनाको बिषयलाई लिएर नेकपा एमाले प्युठानले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।
दुर्घटना न्यूनीकरण गर्न आवस्यक कदम चाल्नका लागि एमालेले बुधबार विभिन्न पाँच बुदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्मा, एमाले प्रदेश कमिटी सदस्य मधुर शर्मा, जिल्ला कमिटी अध्यक्ष बिजय बिराज बिष्ट, सचिब माधब शर्मा, सचिवालय सदस्य पशुपति नारायण नकर्मी, रामचन्द्र केसि लगायतकाे उपस्थितिमा प्रमुख जिल्ला अधिकारी मदन काेईरालालाई ध्यानाकर्षण पत्र बुझाईएकाे हाे ।
पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कोइरालाले अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम शुरु गर्ने बताउनुभयो । यो सडकलाई संघीय सरकार मातहत लैजान सिफारिस भएको समेत उहाँले जानकारी गराउनुभयो । हाल उक्त सडक प्रदेश मातहत रहेकाे छ।
ध्यानाकर्षण पत्रका ५ बुँदा हेर्नुहोस