spot_img
spot_img
spot_img

मदन आश्रित समृति अक्षयकोषको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन

spot_img

बुटवल // नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको स्मृतिमा स्थापना भएको अक्षयकोषको १६ औं साधारणसभा तथा छैठौं अधिवेशनबाट भरतराम भट्टराई अध्यक्ष भएको १२ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको छ।

जसको उपाध्यक्षमा थानकुमारी थापा, सचिवमा बालकृष्ण पाण्डे, सहसचिवमा गिता ज्ञवाली कोषाध्यक्षमा चन्द्रकान्त भण्डारी निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यमा गोमादेवि पौडेल, दुर्गा गौतम आचार्य, यमकला पाण्डे, धर्मराज पौडेल, मञ्जु ज्ञवाली, इश्वर न्यौपाने र कुस्माखर पाण्डे निर्वाचित हुनुभएको हो।

अधिवेशन तथा साधारणसभामा बुटवल, सैनामैना र तिलोत्तमाका विभिन्न २३ वडाबाट पार्टीको वडा कमिटीले सिफारिस गरी पठाएको हरेक वडाका १÷१ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो भने कोषको वार्षिक राजनैतिक तथा सांगठनिक प्रतिवेदन भरतराम भट्टराईले र आर्थिक प्रतिवेदन बालकृष्ण पाण्डेले प्रस्तुत गर्नुभएको थियो।

कोषका अध्यक्ष झविलाल शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बुटवल उपमहानगरपालिकाका पुर्व नगर प्रमुख शिवराज सुवेदी, जिल्ला कमिटीका अध्यक्ष तथा कोषका संरक्षक तेजेन्द्र के.सी., कोषका संस्थापक अध्यक्ष नन्दिकेशर ढकाल, पुर्व अध्यक्ष भुवनेश्वरप्रसाद भण्डारी, बिमला पन्थी, नेकपा एमाले क्षेत्रीय कमिटी संयोजक तथा कोषका निर्देशक बाबुराम पन्थी लगायतले शुभकामना ब्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन थानकुमारी थापाले गर्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img