spot_img
spot_img
spot_img

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण र रायमाझीसहित १६ जना जेल चलान

spot_img

१ असार, काठमाण्डौ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जना अभियुक्त जेल चलान भएका छन् । शुक्रवार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा भएको थुनछेक बहसपछि १६ जना अभियुक्तलाई काठमाण्डौ जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाउन आदेश दिएसँगै उनीहरूलाई केन्द्रीय कारागार जगन्नाथ देवल पठाइएको हो । अदालतले टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृहमन्त्रीका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजीत राई, निलम्बित सचिव टेकनारायण पाण्डेलगायत १६ जना जेल चलान भएका हुन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img