काठमाडौँ ।
भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नेपालभर रोकिएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर चलचित्रको प्रदर्शन रोकिएको हो। उक्त चलचित्रको नेपाल वितरण कम्पनी ब्याङ्कटेस फिल्म्सले एक विज्ञाप्ति जारी गर्दै प्रदर्शन नगर्ने जानकारी गराएको छ । कम्पनीका निर्देशक मनोज राठीले सिर्जित अवस्थाका कारण प्रदर्शन रोकिएको जानकारी दिएका छन। यस्तै, वितरक तथा प्रदर्शकको छाता संस्था नेपाल चलचित्र सङ्घले सम्पूर्ण भारतीय चलचित्रमा रोक लगाएको विषयमा असन्तुष्टी व्यक्त गरेको छ।