spot_img
spot_img
spot_img

देवदह–८,विशालनगरमा एक दिने स्क्रिनिङ्ग स्वास्थ्य शिविर सम्पन्न

spot_img

देवदह // रुपन्देहीको देवदह–८,विशालनगरमा एक दिने स्क्रिनिङ्ग स्वास्थ्य शिविर सम्पन्न भएको छ। प्रजनन रुग्णता पाठेघर मुखको क्यान्सर आङ्ग खस्ने, फिस्तुला स्तन क्यान्सर सम्वन्धी स्क्रिनिङ्ग स्वास्थ्य शिविर सम्पन्न भएको हो।

देवदह नगरपालिका, स्वास्थ्य शाखाको आयोजना र आधारभूत स्वास्थ्य सेवा केन्द्र देवदह–८, को व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो। शिविरको उद्घाटन गर्दै नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले महिलाहरुको आङ्ग खस्ने, फिस्तुला स्तनको क्यान्सरका विरामी बढिरहेकोले शिविरको आयोजना गरेको बताउनु भयो। उहाले स्वास्थ्य नै मानिसको धन भएकोले स्वास्थ्यलाई प्राथमिकता दिन आग्रह गर्नु भयो । उपप्रमुख गुरुङ्गले देवदह नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर अगाडि बढिरहेको दावी गर्नु भयो। उहाले रोगलाई लुकाउनु भन्दा रोग लाग्न नदिन आग्रह गर्दैै स्तन क्यान्सर पाठेघरको क्यान्सरका कारण धेरै महिलाहरुको मृत्यु हुनेगरेको बताउनु भयो। उहाले स्वास्थ्य भएमात्र हरेक कुराहरु प्राप्त गर्न सकिने भएकोले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनु भयो।

शिविरमा देवदह मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञ डा. अरुणा पोखरेल, नेपाल परिवार नियोजन रुपन्देहीका अधिकृत विष्णु गुरुङ्गले सहजीकण गर्नु भएको थियो ।
देवदह नगरपालिका–८, का वडाअध्यक्ष हरिप्रसाद पाण्डेको अध्यक्षता, आधारभूत स्वास्थ्य सेवा केन्द्र देवदह–८, ईन्चार्ज केशव गिरीको स्वागत र नर्सिङ्ग अधिकृत माया पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img