काठमाडौं।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताउनुभएको छ। आज सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देश बदल्नको लागि सबै भन्दा पहिला नेपाली कांग्रेस बदल्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ । महामन्त्री थापाले कांग्रेसलाई दुर्घटनाबाट बचाउनको लागि कांग्रेसलाई फरक ढङ्गमा चलाउनु पर्ने जिकिर गर्नुभयो। उहाँले पार्टीलाई आवश्यकता अनुसार बदल्न सक्नुपर्ने बताउनुभयो। महामन्त्री थापाले कांग्रेस बदल्न सक्ने भन्दै आवश्यकता अनुसार धुरी फाट्यो भने धुरी बदल्न सक्नुपर्ने बताउनुभयो। महामन्त्री थापाले कांग्रेस बदल्दै मुलुक बदल्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो। उहाँले देश बदल्न सकिन्छ भन्ने आत्माविश्वास लिनुपर्ने बताउनुभयो।