spot_img
spot_img
spot_img

तारक मेहता शोका निर्माता समस्यामा, यौन दुर्व्यवहारको मुद्दा दर्ता

spot_img

एजेन्सी ।

मुम्बई प्रहरीले मंगलबार ‘तारक मेहता का उल्टा चश्मा’ का एक अभिनेताको उजुरीमा शोसँग सम्बन्धित केही व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार पवई प्रहरीले निर्माता असित कुमार मोदी, अपरेसन हेड सोहेल रमानी र कार्यकारी निर्माता जतिन बजाजविरुद्ध मुद्दा दर्ता गरेको छ । एजेन्सीका अनुसार हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।यद्यपि, असित मोदीले आरोप अस्वीकार गरेका छन् । आफूलाई बदनाम गर्नका लागि उनीविरुद्ध मुद्दा दर्ता गरिएको उनले बताए ।
मुम्बई प्रहरीले अभिनेताको तर्फबाट लिखित उजुरी पाएको बताएको छ । यस्तै तारक मेहता का उल्टा चश्माको निर्माण गर्ने सङ्गठन निला फिल्म प्रोडक्सन लिमिटेडले सबै आरोप खारेज गरेको छ । संगठनले एफआरआई दर्ता भएकोबारे आफूहरूलाई केही पनि जानकारी नभएको र यसबारे कुनै पनि टिप्पणी नगर्ने बताएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img