spot_img
spot_img
spot_img

चीनमा पनि अत्यधिक गर्मी

spot_img

एजेन्सी ।

चीनमा अत्यधिक गर्मीका कारण जनजीवन अस्तब्यस्त बनेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जुन महिनाको सुरुवातीदेखि उत्तरी चीनका धेरै शहरहरूमा गर्मीले पुराना सबै रेकर्ड तोडेको छ । चीनको राजधानी बेइजिङमा पनि लगातार तापक्रम बढिरहेको छ । बेइजिङमा तापक्रम ३९ दशमलव ४ डिग्री सेल्सियस देखि ४० डिग्री तापक्रम पुग्ने गरेको छ ।

अन्य शहरहरुमा दैनिक ३८ डिग्री सम्म तापक्रम पुग्ने गरेको छ । चीनमा बढ्दो गर्मीका कारण त्यहाँका पावर ग्रिड अपरेटरलाई उच्च सतर्क अवस्थामा राखिएको छ । दक्षिणका केही शहरका ब्यापारिक फर्म र मानिसहरूलाई कम बिजुली प्रयोग गर्न अपील गरिएको छ । गर्मीले असर पार्ने भन्दै बृद्धबृद्धा र केटाकेटीलाई घर बाहिर ननिस्कन आग्रह गरिएको समाचारमा उल्लेख छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img