spot_img
spot_img
spot_img

फिल्म ‘आदिपुरुष’ विरुद्ध भारतमै मुद्दा दर्ता

spot_img

एजेन्सी ।

ऐतिहासिक ग्रन्थ रामायणमा आधारित भनिएको दक्षिण भातरीय फिल्म ‘आदिपुरुष’को भारतमै चर्को विरोधका साथै मुद्दा दर्ता भएको छ । रामायणको अपब्याख्या गरेको र रामायणका पात्रहरुलाई विकृत रुपमा प्रस्तुत गरिएको भन्दै भारतमा विरोध चर्किएको हो । विभिन्न हिन्दू संघ संगठनले उक्त फिल्मविरुद्ध मुद्दा दर्ता गराएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार अखिल भारतीय हिन्दू महासभाले फिल्म प्रदर्शनमै रोक लगाउन माग गर्दै मुद्दा दर्ता गरेको हो । महासभाका महासचिव शिशिर चतुर्वेदीले फिल्मले हिन्दू संवेदनशीलतामाथि प्रहार गरेको, रामायणको अपब्याख्या गरेको र रामायणका पात्रहरुलाई विकृत रुपमा प्रस्तुत गरिएको आरोप समेत लगाएका छन् । उता, फिल्मका संवाद लेखक मनोज मुन्तसिर शुक्लाले फिल्मका केही संवादहरु परिवर्तन गर्ने निर्णय भएको बताएका छन् । यसै साताभित्र संवादहरु परिमार्जन गरिसक्ने भन्दै उनले मानिसको संवेदनशीलता भन्दा ठूलो अरु केही हुदैन भन्ने आफूहरुले बुझेको बताएका छन् ।फिल्ममा रामायणका महत्वपूर्ण पात्र हनुमान मार्फत प्रयोग गराइएका संवादको पनि ब्यापक आलोचना भएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img