spot_img
spot_img
spot_img

रुसको निजी सैन्य कम्पनी वाग्नर समूहद्वारा दुई वटा सहर कब्जा

spot_img

एजेन्सी ।

रुसमा विद्रोह सुरु गरेको निजी शैन्य कम्पनी वाग्नर समूहले दुई वटा सहर कब्जा गरेको छ । वाग्नर समूहले रुसको दक्षिणी सहर रोस्तोव र वोरोनिश सहर कब्जा गरेको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरुद्धको लडाइँमा प्रयोग गरेको वाग्नर समूहले युक्रेनसँगको लडाइँमा पर्याप्त हतियार नदिएको, आफ्नो सेनामाथि रुसी सेनाले आक्रमण गरेको लगायतका आरोप लगाउँदै विद्रोह सुरु गरेको हो । वाग्नर समूहका सेनाहरु रुसको राजधानी मस्कोतर्फ अघि बढिरहेका छन् । वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले रुसी रक्षामन्त्री सर्गेइ शोइगु र सेनाप्रमुख वालेरी गेरासिमोवले आफूसँग नभेटेसम्म आफ्नो सैनिक मस्कोतर्फ बढ्ने बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले यो सैन्य विद्रोह तथा कु नभइ न्यायको माग भएको भन्दै २५ हजार सेना मर्न तयार भएर अघि बढेका बताउनुभएको छ ।

उहाँले आफूलाई रोक्न खोज्ने जो–कोहीमाथि पनि आक्रमण गर्ने चेतावनी समेत दिएको बीबीसीले जनाएको छ । स्थानीय गभर्नरले नागरिकलाई घरभित्रै रहन भनेका छन् । यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वासघात र देशद्रोह गर्नेलाई कारबाही गर्ने बताउनुभएको छ । उहाँले रूसी सेनालाई विद्रोही समूहविरूद्ध युद्ध सुरू गर्न निर्देशन दिइसकेको पनि बताउनुभयो । मस्को सहितका सहरमा प्रतिआतङ्कवाद कानुन लागू भएको छ मस्कोमा सबै सामाजिक कार्यक्रम रद्द गरिएका छन् । पहिलोपटक सन् २०१४ मा पहिचान भएको वाग्नर समूहले सन् २०२२मा ठूलो सङ्ख्यामा सेना भर्ना गरेको थियो । यो समूहलाई रुसले सन् २०२२ देखि युक्रेन विरुद्धको युद्धमा प्रयोग गर्दै आएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img