spot_img
spot_img
spot_img

पोखरामा भएको  ‘ड्रागन बोट रेस’ को उपाधि चीनको सिचुवान टिमलाई

spot_img

काठमाडौं । 

पोखराको फेवातालमा भएको ‘ड्रागन बोट रेस’ को उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले हात पारेको छ । दक्षिण एसियामै पहिलोपटक नेपालमा भएको ‘ड्रागन बोट रेस’ का पाँच सय र दुई सय मिटरतर्फ दुवै उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको हो । दुवै दूरीमा नेपाल एसोसिएशन अफ याफ्टिङ एजेन्ट्स ९नारा० को टोली उपविजेता भएको छ भने दुवै दूरीमा चीनको युनान तेस्रो भएको छ । उपाधि विजेता सिचुवानले दुवै विधामा गरी ११ लाख रुपैयाँ र उपविजेता नाराले दुवै विधामा गरेर ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। बोट रेसमा चीनका चार र नेपालका चार गरी ८ टिम सहभागी थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img