गुल्मी ।
गुल्मीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मालिका गाउँपालिका वडा नम्बर ८ फल्लेनीका ३९ वर्षीया विष्णु विकको चट्याङ लागेर ज्यान गएको हो । शनिबार राति आफ्नै घरको आँगनमा चट्याङ लागेर घाइते भएकी विकको प्राथमिक स्वास्थ्य केन्द्र ईस्मा रजस्थल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




