दाङ ।
दाङको तुलसीपुरमा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका १२ हरिपौरीकी १३ वर्षीया दक्षिणा वलीलाई घरमा सुतिरहेको समयमा हिजो दिउँसो सर्पले डसेको भएपनि राति ९ बजे मात्रै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो। उनलाई थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल पठाइएपनि आज बिहान ज्यान गएको प्रहरीले जनाएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??