काठमाण्डौ ।
आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाईएको छ । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर गृह मन्त्रालयले प्रभातफेरी निकालेको हो। हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ । विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त गराउने मुख्य उद्देश्यसहित मनाइँदै आएको दिवसको यस वर्षको नारा जीवन बचाउँ भन्ने रहेको छ । लागुऔषधको असन्तुलित प्रयोगले विश्वमा हरेक वर्ष एक लाख ९० हजार जनाभन्दा धेरै मानिसको ज्यान जाने गरेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क रहेको छ । नेपालमा सन् १९६० पछि नै लागुऔषधको कारोबार तथा प्रयोग बढ्दै आएको पाईएको छ।