spot_img
spot_img
spot_img

हजका लागि १६ लाख ५५ हजारभन्दा बढी मुस्लिम धर्मावलम्बी साउदीमा

spot_img

एजेन्सी ।

हजका लागि हालसम्म १६ लाख ५५ हजार मुस्लिम धर्मावलम्बीहरू साउदी अरब पुगेका छन् । साउदीको पासपोर्ट महानिर्देशनालयका अनुसार शनिबारसम्म १६ लाख ५५ हजार १८८ जना विदेशी हज गर्न लागि त्यहाँ पुगेका हुन् । निर्देशनालयका अनुसार यसमध्ये १५ लाख ८७ हजार ५९० जना विमानबाट आएका हुन् भने ६९ हजार ७६८ जना सडकमार्ग तथा ६ हजार ८३० जना समुद्री मार्गबाट साउदी आइपुगेका छन् । कोभिड महामारीपछि पहिलोपटक बिना कुनै प्रतिबन्ध हज आयोजना हुँदैछ । यस वर्षको हज यात्रा २१ मेबाट सुरु भएको थियो । साउदी अधिकारीहरूले यो वर्ष करिब २० लाख धर्मावलम्बीहरूले हज यात्रा गर्ने अनुमान गरेका छन् । इस्लाम धर्ममा ५ फर्जमध्ये एक फर्ज हज हो । बाँकी चार फर्जमा कलमा, रोजा, नमाज र जकात पर्दछन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img