spot_img
spot_img
spot_img

सुर्ति तथा मदिराजन्य पदार्थ खरिद बिक्री रोकथामका लागि अन्तरकृया कार्यक्रम

spot_img

​कञ्चन ।

रुपन्देहीको कञ्चन गाँउपालिकामा बालबालिका तथा किशोर किशोरीहरुलाई सुर्ति तथा मदिराजन्य पदार्थ खरिद बिक्री रोकथामका लागि सरोकारवालाहरुसंग अन्तरकृया कार्यक्रम गरिएको छ। रुद्रपुर साथी सञ्जालको आयोजना तथा सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन रुपन्देहीको सहयोग र रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह कञ्चन ४ रुपन्देहीको समन्वयमा भएको अन्तरकृया कार्यक्रममा सार्वजनिक स्थल, बिद्यालय परिसर वरीपरी सुर्ति तथा मदिराजन्य पदार्थको खरिद बि    क्री गरिनु गैरकानुनी भएपनि प्रशासन र स्थानीय तहको बेवास्ताका कारण कुनै नियन्त्रण हुन नसकेको बताएका छन। बिशेषगरी अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई सुर्ति तथा मदिराहरुको खरिद गर्न लगाउने, उनिहरुकै अगाडी मादक पदार्थ तथा सुर्तिजन्य पदार्थको सेवन गरेकै कारण पनि देखासिखी गरी मादक पदार्थ तथा सुर्तिजन्य पदार्थको सेवनमा बानी बसाल्ने गरेको पनि सरोकारवालाहरुले बताएका छन।स्थानीय तहबाट नियमित अनुगमन तथा ब्यबसाय दर्ता गर्दा कुन स्थानमा के कस्तो बस्तुहरुको खरिद बिक्री गरिने भन्ने कुराको प्रभावकारी रुपमा अध्ययन नै नगरी ब्यबसाय दर्ता गरिनुले पनि ब्यसायीहरुले मनोमानी गरी सुर्तिजन्य पदार्थको खरिद बिक्रीले प्रसय पाइरहेको समेत कार्यक्रममा सहभागीहरुले बताएका छन। बालबालिका तथा किशोर किशोरीहरुलाई सुर्ति तथा मदिराजन्य पदार्थहरुको खरिद बिक्रीमा पुर्ण रुपमा नियन्त्रण गर्न स्थानीय तहले आवस्यक कार्यबिधी निर्माण गरी कार्यान्वयन गर्नु पर्ने सुनगाभा सामुदायिक बिकास केन्द्रका अध्यक्ष अमृता थापा मगरले जोड दिनु भएको छ। लुम्बिनी ज्ञान निकेतन माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लोकराज पौडेल, रुद्रपुर माध्यमिक बिद्यालयका प्रधानाध्यापक डोलाराम पौडेल, थकालीचोक टोल बिकास संस्थाका अध्यक्ष नन्द बहादुर खडकाथोकी, सुनगाभा सामुदायिक बिकास केन्द्रका सचिव हिमा बेलवासे, सुनगाभा महिला समूहका तिल कुमारी क्षेत्री, कार्यपालिका सदस्य सुशिला थापा, महिला नेतृ पार्वती ढकाल लगायतले स्थानीय तह र प्रशासनको नियमित र प्रभावकारी अनुगमनले मात्र बालबालिका तथा किशोर किशोरीहरुलाई निरुत्साहित गर्न सकिने बताउनु भयो।

कर्यक्रममा सहभागीहरुको तर्फबाट उठेका सवालहरुको जवाफ स्थानीय तहको तर्फबाट वडा नं। ३ का वडा अध्यक्ष टीकाराम सापकोटा, वडा नं। ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, वडा नं। ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेल र ईलाका प्रहरी कार्यालयको तर्फबाट प्रहरी नायब निरीक्षक श्रीधर आचार्यले कानुनको कार्यान्यवनको प्रभावकारी स्थानीयहरुसंगको सहकार्य र समन्वयले मात्र सम्भव हुने बताएका छन। कञ्चनमा बाबालिका तथा किशोर किशोरीहरुलाई सुर्ति तथा मदिराजन्य पदार्थको खरिद बिक्रीमा न्युनिकरण गर्न स्थानीयहरुसंग सहकार्य गरी अगाडी बढ्न आवस्यक कार्यविधि निर्माण गरी कार्यान्वय गर्न सदैब तत्पर रहेको जनप्रतिनीधिहरुले प्रतिवद्धता जनाएका छन। कार्यक्रममा वडा नं ४ का सचिव चक्रपाणी पौडेल र वडा नं। ५ का वडा सचिव बिर्ष बहादुर पुलामीले वडामा कुनै पनि व्यबसाय दर्ता गर्न आउदा ब्यबसायको प्रकृति र संचालन गर्ने स्थानहरुको पहिचान गरेर मात्र ब्यबसाय दर्ता गर्न कुनै समस्या नभएपनि प्रभावकारी ऐन तथा कार्यविधिको कार्यान्वयन नहुदा केहि जटिलता उत्पन्न हुने गरेको बताउनुभयो। रुद्रपुर साथी सञ्जालका अध्यक्ष निशा थापाको अध्यक्षता, सचिव लक्षमण सुनारको संचालनमा भएको कार्यक्रममा कञ्चन साथी सञ्जालका अध्यक्ष टीका थापा मगरले अन्तरकृया कार्यक्रमको सहजिकरण गर्नु भएको थियो। रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहको सभाहलमा सम्पन्न कार्यक्रममा रुद्रपुर साथी सञ्जालका उपाध्यक्ष समिक्षा रानाले कार्यक्रमको आवस्यकता तथा समय सान्दर्भिकता र औचित्यताबारे प्रष्टीकरण गर्नु भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img