spot_img
spot_img
spot_img

रुपन्देहीबाट करिब ३ लाख ६९ हजार रुपैया बराबरको अबैध सामान बरामद

spot_img

भैरहवा ।

रुपन्देहीबाट प्रहरीले करिब ३ लाख ६९ हजार रुपैया बराबरको अबैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शनिबार करिब ४ः०० बजेको समयमा जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं। ५ मोतिपुरबाट कोटहीमाई गाँउपालिका  वडा नं ३ बस्ने वर्ष १८ को सैलेश कोईरीले चलाएको मोटरसाइकल र सोही ठाउ बस्ने बर्ष १८ का करण भरले चलाएको र लु २९ प २९६७ नम्वरको मोटर साइकलमा अवैध रुपमा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा मोजा ३६०० जोर, सेन्डो भेष्ट ३०० पिस, लेगिज १७५ पिस, सुट २१२ पिस, थानको कपडा (४ रोल) र बलाउज २५ थान  मोटर साइकल सहित करिब ३ लाख ६९ हजार ५५० रुपैया  वरावरको कपडाहरु बरामद गरेको हो। बरामद गरिएका अबैध कपडा तथा दुई थान मोटरसाइकल समेत मानिस सहित आवस्यक कार्वाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको प्रहरी नायव निरीक्षक तथा जिल्ला प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img