spot_img
spot_img
spot_img

शिक्षामा सुधारको माग गर्दै अनेरास्ववियुले बुझायो ज्ञापन पत्र

spot_img

बुटवल // अनेरास्ववियु बुटवल उपमहानगर कमिटीले शिक्षाको क्षेत्रमा बिकृती बढ्दै गएको भन्दै बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ।

अनेरास्ववियु बुटवल उपमहानगर कमिटीका अध्यक्ष रोशन घिमिरेले संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई दिनुपर्ने छात्रवृत्ति उपलब्ध नगराएको भन्दै नगरप्रमुख पाण्डेलाई ज्ञापनपत्र बुझाएको बताउनुभयो। संस्थागत विद्यालयहरुले कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा बिपन्न, अपांगता भएका, महिला, दलित, जनजाति तथा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने ब्यवस्था छ। विद्यालयहरुले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको छनौट भइसकेपछि तिनको आधार, शर्त र प्रक्रियाका बारेमा समेत सार्वजनिक गर्नुपर्ने ब्यवस्था भएपनि विद्यालयहरुले सार्वजनिक गरेका छैनन्। अनेरास्ववियूले विद्यालयहरुले दिएका छात्रवृत्तिको विवरण सार्वजनिक गर्न माग गरेको छ। ज्ञापनपत्र बुझ्दै उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले अनेरास्ववीयुले उठाएका मागहरु जाएज रहेको र कार्यान्वयनको लागि तत्काल सम्वोधन गर्ने बताउनु भयो।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रुपन्देहि इन्चार्ज साजन भण्डारी , जिल्ला उपाध्यक्ष भरत अर्याल , रमेश ढकाल ,तिलोतमा नगर अध्यक्ष सरोज खनाल लगायत जिल्ला नगर कमिटिका पदाधिकारी सदस्यहरुको उपस्थीति रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img