काठमाण्डौ ।
आईसीसी एकदिवसीय विश्वकप छनोटमा श्रीलङ्काले स्कटल्यान्डलाई ८२ रनले हराएको छ । श्रीलङ्काले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड २९ ओभरमा १ सय ६३ रनमा अलआउट भयो। स्कटल्यान्डका क्रिस ग्रिभ्सले नटआउट ५६ क्रिस्टोफर म्याकब्राइडले २९ रन बनाएका थिए । बलिङतर्फ श्रीलङ्काका महेश थिक्सेनाले ३ र वानिन्दु हसरङ्गाले २ विकेट लिए। यसअघि हरारेको क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ४५ रनमा अलआउट भएको थियो। यही समूहबाट स्कटल्यान्ड र ओमान ुसुपर सिक्सु मा पुगेका छन् । समूह ए बाट जिम्बावे, नेदरल्यान्ड्स र वेस्ट इन्डिज सुपर सिक्समा पुगेका छन।




