काठमाडौं ।
आज आषाढ शुक्ल एकादशी । सनातन धर्मावलम्वीहरुले आज घरघरमा तुलसी रोपेर साथै भगवान विष्णुको पूजा आराधना गरि मनाएका छन । बिहानै उठी नुहाईधुवाई गरी एक महिना अघि निर्जला एकादशीको दिन विऊ राखिएको तुलसीको बेर्ना मठमा सारेर पूजा गर्ने गरिन्छ । आचज बिहीबार रोपिएको तुलसीको कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन बिवाह गरिदिने प्रचलन छ । सिंगो ब्रह्माण्डका मालिक भगवान विष्णु आजदेखि क्षीरसागरमा शयन गर्ने शास्त्रीय ब्याख्या रहेको छ । यस अवधिमा गरिने कुनै पनि धार्मिक कार्यबाट फल प्राप्ती नहुने मान्यता छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??