spot_img
spot_img
spot_img

भारत र पाकिस्तानकाे खेल हुने दिन अहमदाबादमा हाेटलकाे भाडा बढेर १ लाख भारुसम्म पुग्याे

spot_img

काठमाण्डाै।

आईसीसी एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानको खेल हुने दिन होटलको शुल्क १० गुणासम्म बढेको छ। विश्वकपमा आउँदो अक्टोबर १५ तारिखमा भारतको अहमदाबादमा भारत र पाकिस्तानको खेल हुने तालिका छ। आईसीसीले अस्ति मङ्गलवार तालिका सार्वजनिक गरेकै दिन सयौँले अहमदाबादमा होटल बुकिङ गरेका बीबीसीले जनाएको छ। बुकिङ गर्नेहरू बढेपछि हाेटलकाे भाउ १० गुणासम्म बढेको छ। कतिपय कोठाको भाडा एक लाख भारुसम्म पुगेको छ भने केही अक्टोबर १५ का लागि पूर्णरूपमा बुक भइसकेका छन।

सामान्य दिनमा सहरका लक्जरी होटलहरूमा एक दिनको पाँचदेखि आठ हजार भारुसम्म तिरेर कोठा पाइनेमा अक्टोबर १५ तारिखका लागि भने बढेर ४० हजारदेखि एक लाख भारुसम्म पुगेकाे छ। बुकिङ डटकमकका अनुसार अहिले वेलकम होटलको डिलक्स कोठा भाडा एक रातको पाँच हजार छ सय ९९ भारु छ। तर अक्टोबर १५ मा यस होटलमा बस्न चाहनेले भने ७१ हजार नाै सय ९९ भारु तिर्नुपर्नेछ। गुजरातको होटल एन्ड रेस्टुरेन्ट एसोसिएशन (एचआरए) का प्रवक्ता अभिजीत देशमुखले बुकिङ गर्नेको चाप बढेसँगै भाउ बढ्नु स्वाभाविक भएको बताएका छन।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img