काठमाण्डौ ।
नारायणगढ–मुग्लिन सडक खण्ड झन्डै पाँच घण्टापछि पुन:सञ्चालनमा आएको छ । सडक डिभिजन भरतपुरका अनुसार चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा रहेको तुइन खोला नजिकै बिहान साढे ११ बजे पहिरो खसेपछि बन्द भएको सडक सञ्चालनमा आएको हो । सडकमा झरेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो । अस्ति बिहीवार दिउँसो पहिरो झरेपछि सडक बन्द हुने र खुल्ने क्रम चलिरहेको छ । बिहीवार दिउँसोपछि हिजो बेलुका ५ बजेमात्रै खुलेको सडक आज बिहान सवा ३ बजे पहिरो झरेपछि पुनस् बन्द भएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??