काठमाण्डौ ।
आईसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा जिम्बावेलाई नौ विकेटले पराजित गर्दै श्रीलंका विश्वकपमा छनोट भएको छ। बुलाबायोमा रहेको क्विन्स स्पोर्ट्स क्लबमा जिम्बावेलाई पराजित गरेपछि श्रीलंका छनोटबाट विश्वकपमा छानिने पहिलो टोली बनेको छ। जिम्बावेले दिएको एक सय ६६ रनको लक्ष्य श्रीलंकाले ३३ दशमलव एक ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो । जितसँगै श्रीलंका ८ अङ्ककासाथ एक खेल अगावै विश्वकपका लागि छनोट भएको छ। पराजित जिम्बावेले विश्वकपमा स्थान बनाउन अन्तिम खेलमा स्कटल्यान्डलाई हराउनु पर्ने हुन्छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??