spot_img
spot_img
spot_img

आज गुरु पूर्णिमा पर्व मनाईयो

spot_img

काठमाडौं ।

आज सोमबार आषाढ शुक्ल पूर्णिमा, सनातन धर्मावलम्बीहरु गुरु पूर्णिमा पर्व मनाईएको छ । चार वेद र १८ पुराणका रचयिता महर्षि वेदब्यासको जन्मदिनलाई गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । सनातन सँस्कृतिमा गुरुलाई भगवान स्वरुप मान्ने गरिन्छ । यस दिन गायत्री मन्त्र दिने, वेदका मन्त्र सुनाउने र शिक्षाको ज्योति दिने गुरुप्रति सम्मान प्रकट गर्ने गरिन्छ । सँस्कृतमा “गु”को अर्थ अन्धकार तथा “रु” को अर्थ प्रकाश हो । त्यसैले गुरु भनेका अन्धकार हटाएर प्रकाश दिने माध्यम हुन् । यस दिन तन्त्र, साधना तथा मन्त्र सिक्नका लागि पनि उत्तम मानिन्छ । परापूर्व कालमा गुरु पुर्णिमाकै दिनलाई अति उतम मानेर ऋृषि मुनिहरुले मन्त्र, तन्त्र साधना र व्यासको ब्रह्मास्त्रमा भएको ज्ञान प्राप्त गर्न कुनै एक ठाउँ मा बसेर साधना सुरु गर्दथे । गुरुले नै आत्मा र परमात्मासँग पनि परिचित गराउने गर्दछन। विद्यार्थीहरुले आज कै दिन आफ्ना गुरुको सम्मानमा विभिन्न कार्यक्रम गरेर मनाउने गर्दछन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img