spot_img
spot_img
spot_img

देवदह २ मा खोजमुलक ढेकावर संस्कृति र सम्पदाको लोकापर्ण

spot_img

देवदह ।

रुपन्देहीको देवदह नगरपालिका–२, वडा कार्यालयले खोजमुलक ढेकावर संस्कृति र सम्पदाको लोकापर्ण गरेको छ। युगीन साहित्य समाज नेपाल देवदहको सहयोगमा वडा कार्यालयले ढेकावर संस्कृति र सम्पदा प्रकाशन गरेको हो। खोजमुलक ढेकावर संस्कृति र सम्पदाको एक कार्यक्रमका वीच वडाअध्यक्ष दलबहादुर राकसकोटीकोले लोकापर्ण गर्नु भएको हो। देवदह नगरपालिका–२, मा रहेको ऐतिहासिक स्थल, ऐतिहासिक सम्पदा, वडामा रहेका विभिन्न जातजातीको जनसंख्या, ढेकावरको नामाकरण, देवदह २, मा रहेको कला, संस्कृतिको बारेमा उल्लेख गरिएको छ। कार्यक्रममा लेखन तथा सम्पादन मण्डलका संयोजक यज्ञप्रसाद न्यौपानेले खोजमुलक ढेकावर संस्कृति र सम्पदाको वारेमा प्रकाश पार्नुभएको थियो। युगीन साहित्य समाज नेपालका उपाध्यक्ष गणेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष दलबहादुर राकसकोटी, वडा सदस्य णप्रसाद न्यौपाने, भविष्य निर्माण माविका अध्यक्ष झविन्द्रप्रसाद पाण्डे, पिताम्वर खरेल, टिकाराम चापागाई लगायतले आ–आफना भनाई राख्नु भएको थियो। सम्पादन मण्डलका सदस्य होमनाथ शर्माको स्वागत र विष्णु पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img