spot_img
spot_img
spot_img

देवदह नगरसभाको दोश्रो बैठकबाट २०८०/०८१ को लागि १ अर्व ७ करोड बढिको बजेट पास

spot_img

देवदह ।

देवदह नगरपालिकाको १२ औं नगर सभाको दोश्रो बैठकले आर्थिक बर्ष २०८०÷०८१ को लागि १ अर्व ७ करोड २४ लाख ५० हजार बरावरको बजेट पास गरेको छ । नगर सभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले आन्तरिक राजश्व तर्फ १८ करोड ४१ लख ६० हजार, लुम्विनी प्रदेश सभाबाट ४ करोड ६४ लाख १९ हजार र संघीय सरकारबाट ८४ करोड १८ लाख गरी १ अरव ७ करोड २४ लाख ५० हजार बरावरको बजेट प्रस्तुत गर्नु भएको हो । उपप्रमुख गुरुङ्गले शिक्षा तर्फ २४ करोड ३० लाख, स्वास्थ्य तर्फ ४ करोड ४८ लाख, लक्षित बर्ग तर्फ ३१ करोड ५८ लाख, आर्थिक विकास तर्फ (पशु, कृषि, पर्यटन) लगायत गरी २ करोड ४ लाख, अव्यवस्थित भूमि व्यवस्थापनको लागि ३ करोड २४ लाख विनियोजन गरिएको छ । यसैगरी पुर्वाधार विकास तर्फ ११ करोड ३२ लाख, वन वातावरण र विपद् तर्फ १ करोड ७७ लाख, संस्थागत विकास तर्फ १६ करोड बजेट विनियोजन गरिएको छ । आर्थिक बर्ष २०७९÷०८० मा आन्तरिक राजश्व १४ करोड लक्ष्य लिएपनि विविध कारणले ५ करोड ५६ लाख मात्र संकलन भएको जानकारी दिनु भयो । यसैगरी प्रत्येक वडालाई १ करोड बरावरको आर्थिक बर्ष २०८०÷८१ को लागि योजना छनोट गर्न अधिकार प्रदान गरिएको थियो । नगर सभामा नगर प्रमुख धुव्रप्रसाद खरेलले देवदह नगरपालिकाको आर्थिक बर्ष २०७९÷०८० को प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । उहाले यस आर्थिक बर्षमा कृषकहरुलाई १७ हजार ४० बोरा मल १५ वटा डिलर मार्फत वितरण गरिएको जानकारी दिनु भयो । उहाले एक वडा एक तरकारी नर्सरी प्रभावकारी भएको, मकै पटेक कार्यक्रम मार्फत मकै उत्पादन, मल तयार गर्न क्पोष्ट विन वितरण, अपाङ्गलाई ह्यल चियर प्रदान गरिएको बताउनु भयो । नगर प्रमुख खरेलले कक्षा १ देखि ८ सम्म स्थानीय पाठयक्रम निर्माण गरी लागु गरिएको, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क पाठय पुस्तक वितरण गरिएको बताउनु भयो । सम्पूर्ण विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था, वालमैत्री नगर बनाउने गरी समुदाय, विद्यालय, वडा र नगर स्तरीय वाल सञ्चाल गठन, नगर अस्पताल संचालन गरि नागरिकलाई सेवा प्रदान, नगर अस्पतालबाट स्वास्थ्य विमाको प्रथम विन्दुको शुभारम्भ गरि सेवा प्रदान गरिरहेको बताउनु भयो । नगर प्रमुख खरेलले स्वास्थ्य शिविर संचालन, पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खयरडाडामा उत्खनन् गरिएको बताउनु भयो । नगर सभामा देवदह नगरपालिकाले गरेका नीतिगत निर्णयहरु समेत पास गरेको छ । नगर सभामा देवीप्रसाद न्यौपाने, चमकान्त गौडेल, अमर लामिछानेले बोल्दै शिक्षा, कृषि, पशुपालन, पर्यटन क्षेत्रमा प्रयाप्त बजेट विनियोजन नभएको बताएका थिए । नगर सभाको अवसरमा स्थानीय तहले लिएको कक्षा ८ का उत्कृष्ट विद्यार्थी, शिक्षक, टोल विकास संस्थाका पदाधिकारीहरुलाई समेत सम्मान गरिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img