भैरहवा।
भैरहवामा सञ्चालित ७ दिने चुरा–पोते बनाउने तालिम सम्पन्न भएको छ । आस्था महिला उद्यमी संघ सिद्धार्थनगर–९, रुपन्देहीको आयोजनामा उद्यमशीलताका लागि महिलाहरुको स्वरोजगार विकास तालिम अन्तर्गत सिद्धार्थनगर–९ स्थित चेम्बर अफ कमर्स, रुपन्देही ९उद्योग व्यापार संगठन, रुपन्देहीको सभाहलमा गत असार १४ गतेदेखि तालिम सुरु भएको थियो। ५७ जनाको सहभागीता रहेको थियो । बुधबार आयोजित तालिम समापन कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन)का अध्यक्ष अनिल कुमार ज्ञवालीले संगठनको वस्तगुत संस्था आस्था महिला उद्यमी संघ सिद्धार्थनगरले धेरै राम्रो काम गरेको बताउनुभयो ।
आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी सल्लाहकार तथा उद्योग व्यापार संगठन रुपन्देहीकी सल्लाहकार ज्ञानु पौड्यालले उत्पादित सामानको बजारीकरणमा सक्दो सहयोग गर्ने बताउनुभएको छ । आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष विन्दु न्यौपानेको अध्यक्षता, चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक पवि खनालको स्वागत, आस्था महिला उद्यमी संघकी उपाध्यक्ष मिनिता थापाको धन्यवाद ज्ञापन तथा सचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा प्रशिक्षक विजया गिरी र सह–प्रशिक्षक माया गुरुङले सहजीकरण गर्नुभएको थियो।