spot_img
spot_img
spot_img

बंगलादेशका कप्तान तमीम इक्बालले लिए सन्यास

spot_img

एजेन्सी।

बंगलादेशका एकदिवसीय कप्तान तमीम इक्बालले भारतमा विश्वकप सुरु हुनुभन्दा तीन महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । बंगलादेशले अफगानिस्तानसँग तीन एकदिवसीय सिरिजको पहिलो खेलमा बुधबार हार व्यहोरेको थियो । हारको एक दिनपछि आज आयोजित पत्रकार सम्मेलनमा तमिमले सन्यासको घोषणा गरे ।
बंगलादेश क्रिकेट बोर्डले नयाँ कप्तानको नाम सार्वजनिक गरेको छैन । साकिब अल हसन र लिन्टन दासलाई तमिमको स्थानमा रहने अनुमान गरिएको छ । ३४ वर्षीय तमीमले गत वर्ष नै टी–ट्वान्टी अन्तराष्ट्रियबाट सन्यास लिएका थिए । तमिमले सन् २००७ को फेब्रुअरीमा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । तमीमले वेस्ट इन्डिजमा भएको विश्वकपमा भारतविरुद्ध जितमा महत्वपूर्ण अर्धशकीय पारी खेलेका थिए । उनले बंगलादेशका लागि सबैभन्दा धेरै एकदिवसीय रन बनाएका छन् ।तमिमले ओडिआई क्रिकेटमा ८ हजार ३ सय १३ रन बनाएका थिए ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img