spot_img
spot_img
spot_img

स्पेन जान खोज्ने एक हजार आप्रवासीको मृत्यु

spot_img

एजेन्सी।

पछिल्लो ६ महिनामा स्पेन प्रवेश गर्न खोज्ने झण्डै एक हजार आप्रवासीहरुको मृत्यु भएको खुलासा भएको छ । वाकिङ वोर्डर्स नामक संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२३ को पहिलो ६ महिनामा समुद्री मार्ग हुदै स्पेन प्रवेश गर्न चाहने ९ सय ५१ जना आप्रवासीको मृत्यु भएको उल्लेख छ । यसरी मृत्युवरण गर्नेहरुमा ४९ जना बालबालिका रहेका छन् । ज्यान गुमाउने आप्रवासीहरुमा अल्जेरिया, क्यामरुन, कोमोरसप कंगो, इथोपिया, गिनी, आइभोरीकोस्ट, माली, मोरक्को, गाम्बिया, सेनेगल, श्रीलंका, सुडान र सिरियाका रहेको पनि सो संस्थाले जनाएको छ। प्रतिवेदन अनुसार हरेक दिन औसत पाँच जना आप्रवासीहरु स्पेन प्रवेश गर्न खोज्दा मर्ने गरेका छन।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img