एजेन्सी ।
अमेरिका फास्ट फुड चेन म्याकडोनल्डले भारतका थुप्रै स्थानमा आफ्नो बर्गर र र्यापबाट गोलभेँडा गायब भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार यो निर्णयको मुख्य कारण भनेको गोलभेँडाको आपूर्ति र गुणस्तरसँग सम्बन्धित प्रश्न हुन्। भारतका केही भागमा अघिल्लो महिना गोलभेँडाको मूल्यमा २८८ प्रतिशत वृद्धि देखिएको छ । शुक्रवार एक किलो गोलभेँडाको मूल्य १४० भारु तोकिएको छ। दिल्लीस्थित केही म्याकडोनल्ड स्टोरले नोटिस जारी गरेर यसबारे जानकारी दिएका छन् । उक्त नोटिसमा लेखिएको छ, ‘विभिन्न प्रयास पश्चात् हामी आफ्नो गुणस्तरमा खरो उत्रिने गोलभेँडाको आपूर्ति सुनिश्चित गर्न सकेनौँ । यसै कारण हामी गोलभेँडा बिनाका खानेकुरा पस्कनका लागि बाध्य छौँ ।’ यी स्टोर चलाउने प्रबन्धकका अनुसार समस्या गोलभेँडाको मूल्यमा नभई यसको गुणस्तरमा छ ।