देवदह । सिटिजन लाईफ इन्स्योरेन्स देवदह शाखाले मृत्यु दावी विमा रकम हस्तान्तरण गरेको छ। सिटिजन लाईफ इन्स्योरेन्सले देवदह नगरपालिका–६, दाउन्ने निवासी स्वर्गीय कृष्ण सारुको परिवारलाई विमित वापत ५ लाख ५० हजार एक कार्यक्रमका वीच हस्तान्तरण्ण गरेको छ।
५ लाख विमा वापतको र ५० हजार क्रियाखर्च रकम बुझाएको देवदह शाखा प्रमुख विनिता श्रीषले जानकारी दिनु भयो। देवदह–६, दाउन्ने निवासी विमित सारुको केही महिना अगाडि निधन भएको थियो। सिटिजन लाईफ इन्स्योरेन्स देवदह शाखा प्रमुख विनिता श्रीष र देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले संयुक्त रुपमा कृष्ण सारुको ससुरा बुवा आईतवीर सारुलाई हस्तान्तरण गरेको हो। विमा वापतको रकमको ५ लाख मृतकको छोरा नावालक रहेकोले छोरा १८ बर्ष पुगेपछि थप ५ लाख प्रदान गर्ने प्रमुख श्रीषले जानकारी दिनु भयो।
सो अवसरमा बोल्दै उपप्रमुख गुरुङ्गले आफु र आफनो परिवारको लागि विमा गर्न आवश्यक रहेको औल्याउनु भयो। उहाले फ्युजल खर्च खटाएर बिमा गर्ने हो भने भविश्यमा आउने समस्या समाधान गर्न सकिनेमा जोड दिनु भयो। उहाले विमा वापत प्राप्त रकम बैकमा राखरेर नावालक छोराको शिक्षाको लागि खर्च गर्नु पर्नेमा जोड दिनु भयो।
शाखा प्रमुख विनिता श्रीषको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका–६, का कार्यवहाक अध्यक्ष खेमनारायण अधिकारी, वडा सदस्य देवीप्रसाद न्यौपाने, दाउन्ने टोल विकास संस्थाका अध्यक्ष गजेन्द्र गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो। फुलमाया श्रीषको संचालनमा भएको कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्सका सदस्य, स्थानीयवासीहरुको सहभागिता रहेको थियो।