देवदह // देवदह बुद्ध पब्लिक आवसिय मा.विले एसईई उतिर्ण विद्यार्थी बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले २०७९ सालको एसईई परीक्षामा सहभागी ५६ जना विद्यार्थीलाई बधाई ज्ञापन सहित सम्मान गरेको हो।
बधाई तथा सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरी पाण्डेले विद्यार्थीहरुको प्रगतिमा अभिभावकहरुको पनि उत्तरदायित्व हुने भएकाले उनीहरुको पढाई, गतिविधिहरुको बारेमा चासो राख्नुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीहरुलाई आगामी दिनमा पनि अध्ययनलाई उच्च प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जय किशन अधिकारी, विद्यालय व्यवस्थापन समितीका प्रमुख सल्लाहकार चक्रपाणि तिवारी, सल्लाहकार समिति सदस्य प्रकाश अर्याल लगाएतले बोल्दै गुणस्तरीय शिक्षा, शिक्षण सिकाइकालागी आवश्यक पर्ने सुविधा सम्पन्न ल्याब, भवन, खेल मैदान, लगाएत र उत्कृष्ट शिक्षकहरुले अध्यायन अध्यापन गराइने भएकोले सो विद्यालयमा अध्यापन हुने विषय कक्षा ११ मा पनि बुद्ध पब्लिकमै पढ्न सुझाव दिनुभयो।
सोहि अवसरमा अभिभावकको तर्फ बाट बोल्दै सुशीला अर्यालले विद्यार्थीको सफलतामा शिक्षकहरुको पनि ठुलो योगदान रहेको भन्दै शिक्षक तथा विद्यालयलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। उहाले विद्यालयलाई आगामी दिनमा पनि अहिले जुन उचाई कायम राखिराखेको छ त्यसलाई कायम राखोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा शैक्षिकसत्र २०७९ मा जम्मा ५६ जना विद्यार्थी रहेकोमा ६ जना विद्यार्थीहरुले ए+ जिपिए, ७ जनाले ए जिपिए, २२ जनाले बि+ जिपिए, १८ जनाले बि जिपिए र ३ जनाले सि+ जिपिए ल्याएको विद्यालयका प्रधानाध्यापक कृष्ण गैरेले बताउनुभयो।
कार्यक्रम विद्यालयका मा.वि ईन्चार्ज तथा परिक्षा संयोजक वेद सुर्यबंसीको अध्यक्षता शिक्षक ढुण्डीराज मरासिनीको स्वागत र ई सि य प्रमुख अनन्तराम भण्डारीको संचालनमा भएको थियो।